समाचार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जा साखाको जिल्ला भेला तथा छलफल कार्यक्रम वालिङमा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २३ फाल्गुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जा साखाको जिल्ला भेला तथा छलफल कार्यक्रम वालिङमा सम्पन्न भएको छ । यही फाल्गुन २७ र २८ गते सर्लाहीमा हुने निति तथा विधान सम्मेलनमा प्रतिनिधि पठाउनका लागी भेला तथा छलफल गरिएको हो । साथै कार्यक्रममा फोनिज स्याङ्जालाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको छ । कार्यक्रममा वालिङ वडा नं. १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले पत्रकारिता राज्यको चौँथो अंग भएकाले पत्रकारहरुले सकरात्मक पक्षलाई समेत नागरिक सामु ल्याउनपर्ने भन्दै पत्रकारिता क्षेत्रको विकास र अभिवृद्धिका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
साथै नगरप्रवक्ता गुरुङले पत्रकारहरुको क्ष
मता विकास तथा लेखन वृत्ति विकासका लागी तालिम तथा अन्य कार्यक्रमहरुका लागी सहयोग गर्ने भन्दै पालिका तथा वडा तहमा प्रस्ताव पेश गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा प्रेस चौतारी अनुशासन विभागका केन्द्रिय सदस्य मुक्ति न्यौपाने, फोनिजका सल्लाहकारहरु टिकराज गुरुङ, गोपाल जिटि, कला रानालगायतले बोल्नुभएको थियो । कार्यक्रम फोनिजका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।