अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी शुरु

 
रेडियो आँधीखोला
वालिङ, ४ चैत्र ।
स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी शुरु भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ शुक्रबारबाट शुरु भएको हो । प्रर्दशनीको चेम्बर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष किसान सुनारले उद्दघाटन गर्नुभएको हो । प्रर्दशनीको उद्दघाटन गर्दै अध्यक्ष सुनारले प्रदर्शनीले कृषकहरुको कृषि उपज बजारीकरणका लागी सहयोग गर्ने बताउनुभयो । 
आलु उत्पादनको लागी संभावनायुक्त गल्याङमा कृषकहरुलाई सामुहिक रुपमा खेति गर्नतर्फ अभिप्रेरित गर्नुपर्ने भन्दै चेम्बरद्धारा आयोजित आलु तथा कृषि प्रर्दशनीले कृषकहरुमा उत्साह थपेको अध्यष सुनारले बताउनुभयो । 
कार्यक्रममा गल्याङ नगरउपप्रमुख हेमा न्यौपाने, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, चेम्बर अफ कास्कीका अध्यक्ष कुमराज बास्तोला, कृष्णप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।  यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने उहाँले बताउनु भयो । 
प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले प्रस्तुति राख्नुभएको थियो भने भोली राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ । प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेका छन् ।
गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा जारी प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ ।  प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...