अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

news

 

चैत ४, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पुटिनमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएकोसहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीले यो अपराध युक्रेनमा सन् २०२२ को २४ फेब्रुअरीदेखि भएको जनाएको छ । अघिल्लो वर्ष त्यसैबेला रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताउनुभएको छ । तर आईसीसीले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ । रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको बीबीसीले जनाएको छ ।

रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता नभएकाले पनि पक्राउ पुर्जी अर्थहीन रहेको रुसको प्रतिक्रिया छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...