अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

news

 
रेडियो आँधीखोला 
वालिङ, ६ चैत्र ।
आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नयाँ नेतृत्वका लागी वालिङ बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट संन्दिप कंडेलको पुरै प्यानल नै विजयी भएको छ ।
कंडेल ४५६ मत सहित आगामी ५ वर्षको लागी निर्वाचित हुनुभएको छ । यस्तै अनेरास्ववियुका मिलन अर्यालले २९२ मत प्राप्त गर्नु भएको छ । 
यसैगरि सचिवमा नेविसंघका राजिन कुँवर विपिन, कोषध्यक्षमा सुमना लामिछाने निवार्चीत हुनुभएको छ । उहाँहरुले क्रमश ः ४५८, ४५४ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियुका सुशान्त श्रेष्ठले २८२ र बिना रेग्मीले २७१ मत पाउनुभएको छ । त्यस्तै सदस्यहरुमा अस्विन कुमार रेग्मिले ४५४, बादल लामिछानेले ४५१, ओमप्रसाद गुरुङले ४४०, दिपा डाला मगरले ४४८, आकृति पाण्डेले ४४२ र सविना सुनार ४४४ मत सहित विजयी हुनुभएको छ । 
वालिङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनि स्ववियु निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो । कुल १ हजार २३ मतदाता रहेको वालिङ क्याम्पसमा ७६६ जनाले मतदान गरेका हुन् । वालिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांगे्रस निकट नेविसंघको प्यानल चुनावी मैदानमा रहेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...