अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लर्न परियोजना सम्वन्धी पालिका स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न ।

news

 
रेडियो आँधीखोला 
वालिङ, ६ चैत्र ।
नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक सामाग्री परियोजना ‘लर्न’ को वालिङ नगरस्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
विश्वशिक्षाको सहयोग तथा स्वावलम्वन जीवनपद्धती केन्द्र पोखराको व्यवस्थापनमा सञ्चालित परियोजनाले वालिङ नगरपालिकाका ४ वटा बिद्यालयमा काम गरिरहेको छ । परियोजनाले वालिङ १३ को लक्ष्मी मावि र सरस्वती मावि, वालिङ ९ को भुम्रे मावि र वालिङ १० को पूर्णामृत भवानी माविमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।
बैठकमा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले पठनसंस्कृतिको बिकास र बिद्यार्थीहरुलाई पढ्नै पर्छ भन्ने बातावरण तयार गर्नका लागि परियोजनाले राम्रो काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘परियोजनालाई लामो समय सम्म सञ्चालन गर्नका लागि आग्रह छ ।’
परियोजजा संयोजक प्रदिप रानाले बिद्यार्थीहरुमा पठन संस्कृतिको बिकास गर्नका लागि काम गर्दै आईरहेको बताउनु भयो । युनिभर्सल डिजाईन फर लर्निङ मा आधारित परिस्थिति सुहाउँदो भाषिक र पठन सीपको सुधारका लागि उपयुक्त शैक्षिक प्रविधिको सहयोगबाट अपाङ्गता भएका वालवालिकाहरु लाभान्वित भएका संयोजक रानाले जानकारी दिनुभयो ।
परियोजनाले कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउने बातावरण सिर्जना गरेको अनुगमन तथा मुल्याङ्कन संयोजक सुमन बिकले जानकारी दिनुभयो ।
परियोजना जिल्लाका ४ वटा पालिकामा सञ्चालन भईरहेको छ । जिल्लाका वालिङ सहित गल्याङ नगरपालिकाका ५ वटा बिद्यालय,पुतलीबजार नगरपालिकाका ८ ओटा बिद्यालय र अर्जुनचौपारीको एक बिद्यालयमा गरी १८ वटा बिद्यालयमा सञ्चालन भईरहेको बिकले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...