अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुर्व मेयर गैह्रेद्धारा आफ्नो ८४औँ जन्मोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

 
आँधीखोला खबर
वालिङ, ११ चैत्र ।
वालिङ नगरपालिकाका पुर्व मेयर लालचन्द्र गैह्रेले आफ्नो ८४औँ जन्मोत्सवका अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । वालिङ नगरपालिका १० का गैह्रेले आफ्नो ८४औँ जन्मदिनको अवसरमा रामनदी धाम स्थित बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको फलफुल तथा दक्षिणा प्रदान गर्नुभएको हो । 
समाजसेवि गैह्रेले २०३२ सालमा वडा अध्यक्ष, २०३८ सालमा प्रधानपञ्च, २०४३ सालमा पुनः प्रधानपञ्च र २०६० सालमा मेयर भई यहाँको विकास निर्माण र समृद्धिका लागी महत्वपुर्ण योगदान पु¥याउनुभएको छ । आँफू बृद्ध अवस्थामा पुगेपनि बृद्धबुवाआमाहरुको सुस्वास्थ्य र दिर्घायूको कामना गर्दै आफ्नो जन्मदिनका अवसरमा फलफुल तथा दक्षिणा प्रदान गर्नका लागी आश्रम पुगेको समाजसेवी गैह्रेले बताउनुभयो । त्यस्तै रामनदी धाम स्थित संस्कृत विद्यालयमा र भुम्रे माध्यमिक विद्यालयमा रहेको सुस्त मनस्थिति कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई समेत शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...