समाचार
स्याङ्जामा सामुदायिक विद्यालयबाट एसईई दिने धेरै
आँधीखोला खबर
वालिङ, १५ चैत्र ।
यसवर्षको एसईईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परिक्षार्थी सहिभागि हुँदैछन् । जिल्लामा एसईईको तयारी गरिएको छ । जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परिक्षा केन्द्रहरुमा तोकिएको स्थानमा प्रश्न पत्र र उत्तर पुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परिक्षार्थीले एसईई दिने भएका हुन् ।
सामुदायिक विद्यालयबाट एसईई दिनेको संख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धि गरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ विद्यार्थी एसईईमा सहभागि हुँदैछन् । यता संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धि गरी ९०४ जना परिक्षार्थी सहभागि हुँदैछन् ।
प्राविधिक धारतर्फ १३७ जना बालीविज्ञानमा ७३ र कम्प्युटर साईन्समा ६४ जना विद्यार्थीले एसईई दिने भएका हुन् । जिल्लामा परिक्षाका लागी ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षहरुलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिएको शिक्षा ईकाई प्रमुख आचार्यले बताउनुभयो । परिक्षालाई शान्तपुर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पुरा गरिएको शिक्षा ईकाइ कार्यालयले जनाएको छ ।