अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नवजागरण संस्था वालिङले सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

news

 
आँधीखोला खबर 
वालिङ, ४ बैशाख ।
नवजागरण संस्था वालिङले सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान नवनिर्वाचित व्यक्तित्वहरुलाई सम्मान तथा नव आगन्तुकलाई स्वागत गरिएको संस्थाले जनाएको छ । 
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे्रले नवजागरण संस्थाले स्थापनाको छोटो समयमै समाजमा सकरात्मक प्रभाव जमाउन सफल भएको भन्दै नगरपालिका सफल हुनका लागी यस्तै विभिन्न संघसंस्था तथा आम सर्वसाधारणको समेत महत्वपुर्ण भुमिका रहने बताउनुभयो । 
संस्था स्थापनासंगै संस्थालाई क्रियाशिल बनाई समाज परिर्वतनमा लाग्नु मुख्य पक्ष रहेको भन्दै नवजागरण संस्थाले विभिन्न सामाजिक तथा रचनात्मक कार्यमा जोडिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद रेग्मी, नेपाल शिक्षक संघको महाधिवेसन प्रतिनिधि सिता गैडेल गैह्र र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई संस्थामा स्वागत गरिएको छ ।
हरेक स साना कार्य नै किन नहोस समाजलाई सकरात्मक सन्देश दिने कार्य गर्नुपर्छ भन्ने हेतुले नवजागरण संस्था समाजसंगै जोडिएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । संस्थाले यसअघि विपन्न समुदायका लागी बंगुर तथा बाख्राका पाठापाठी समेत वितरण गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...