अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

ईलाका प्रशासन कार्यालयले आफनै भवनबाट सेवा प्रवाह गर्ने

news

 
आँधीखोला खबर
वालिङ, १६ बैशाख ।
ईलाका प्रशासन कार्यालय वालिङले आफनै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वालिङ ८ स्थित कटौँजेबाट सेवा दिईरहेको कार्यालयले अव आफनै भवनबाट सेवा प्रदान गर्ने भएको हो । वालिङ ९ को सुकौँदीमा निर्माण गरीएको भवनबाट सेवा दिईने ईलाका प्रशासन कार्यालयका सुचना अधिकारी सुभाष पौडेलले जानकारी दिनुभयो । २०५७ मा वालिङको नयाँ बजारबाट सेवा शुरु गरेको ईलाका प्रशासन कार्यालय २०६६ को साउनमा कटौँजेबाट सेवा दिन शुरु गरेकोे थियो । 
नयाँ भवनबाट सेवा प्रवाहको लागी आईतबार ३ बजेबाट सेवा अवरुद्ध हुनेछ भने सोमबार सार्वजानिक विदा भएकाले मंगलबारदेखि सुर्कौँदीबाट सेवा दिईने सुचना अधिकारी पौडेलले बताउनुभयो । कार्यालयले जिल्लाका ७ पालिकाहरुलाई हेर्दै आएको छ । वालिङ, भीरकोट, चापाकोट गल्याङ नगरपालिका र कालीगण्डकी, हरिनास, विरुवा गाउँपालिकाका स्थानीयले सेवा लिँदै आएका छन  । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...