अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

डढेलो निभाउँदा जलेर मृत्यु भएकाको परिवारलाई एक लाख सहयोग

 
आँधीखोला खबर
वालिङ, १८ बैशाख ।
जलेर मृत्यु भएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घा देउरालीका ३७ वर्षीय इन्द्र थापाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । दशौँ पुण्य तिथिमा घरमै पुगेर गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइरालाले एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
आगलागीबाट हुने थप क्षति रोक्ने उद्देश्यले नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु भएको घटनाले सिंगो गाउँपालिकालाई दुःखित तुल्याएको अध्यक्ष थापाले बताउनुभयो । परिवारलाई राहतस्वरूप गाउँपालिकाले एक लाख दिने कार्यपालिकाको निर्णयअनुसार आर्थिक सहयोग गरेको उहांले बताउनुभयो ।
आलमदेवी नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा इन्द्र गत चैत २९ गते जलेर गम्भीर घाइते हनुुभएको थियो । कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारकै क्रममा थापाको सात दिनपछि मृत्यु भएको थियो । जंगलमा लागेको आगो बस्तीमा पस्न सक्ने भएपछि उहां आगो निभाउन पुग्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...