अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ नगरपालिकाबाटै श्रम स्वीकृत

news

 
आँधखोला खबर
वालिङ, २६ बैशाख ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाट बाटै श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्थाभएसँगै स्थानीयत हहरूले श्रम स्वीकृति दिन थालेका छन्। यसैक्रममा वालिङमा पनि सोमबार वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका वडा नं १३ का सुरज श्रेष्ठ पुनःश्रम स्वीकृति प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीमा साउदी अरब जानलागेका श्रेष्ठलाइ पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा प्रदान गरिएको रोजगार संयोजक पवन वस्यालले जानकारी दिनुभयो । 
यस अघिश्रम स्वीकृतिलिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात् स्थानीय तहबाटै वैशाख १ गतेदेखि उक्त सुविधा प्राप्त हुन थालेको हो।
श्रम स्वीकृती लिनको लागि राहदानी , एक प्रती पासपोर्ट साइजफोटो, पारिवारिक विवरण , बैंक खाता (चेक प्रती सहित) ,व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगार दाताले दिएको सम्झौतापत्र , भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक वस्यालले जानकारी दिनुभयो । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृतिपत्र अनलाइन बाटै प्राप्त हुन्छ । 
आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्छ्न्। श्रम स्वीकृति सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजागार सेवा केन्द्रबाट पनि लिन सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...