अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा भ्रष्टाचार विरुद्ध विरोध प्रर्दशन

news

 
रेडियो आँधीखोला,
वालिङ ३१ बैसाख ।
वालिङमा भ्रष्टाचार विरुद्ध विरोध प्रर्दशन गरीएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका भ्रष्टाचार विरुद्ध यहाँका नागरिकहरुले प्रर्दशन गरेका हुन् । नेपाली नागरिक नेपालको झण्डामुनि सबै अटाऔँ भन्ने नाराका साथ यहाँका नागरिकहरु भ्रष्टाचार र भ्रष्टाचारी विरोध कार्यक्रम गरिएको हो । वालिङ ८ को मोडमा गरिएको कार्यक्रममा युवादेखि बृद्धबृद्धाहरु सम्मको सहभागिता रहेको थियो । 
सहभागिले भ्रष्टाचारीलाई कारबाहि गर, भ्रष्टाचार विरुद्ध एकजुट हाँै, भ्रष्टाचार विरुद्ध हाम्रो अभियान अनि ऐक्यवद्धता, भ्रचटारीको कुनै घर हुँदैन, कुनै जात हुँदैन, कुनै धर्म, दल, समाज र राष्ट्र हुँदैनलगायतका प्लेकार्डहरु प्रर्दशन गरेका  थिए । भ्रष्टाचार चाहिँदैन, देश बेच्न पाईँदैन, नागरिक एकता जिन्दावादलगायतका नाराहरु लगाएका थिए । आम नागरिक जागा रहौँ, नागरिक एकतामा जोड दिऔँ भ्रष्टाचारको अन्त्य गरौँ भन्दै सहभागिले भ्रष्टाचारको विरोध गरेका थिए् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...