समाचार
पत्रकार लामिछानेलाई पितृ शोक ।
रेडियो आँधीखोला,
वालिङ ३१ बैसाख ।
पत्रकार महासंघ स्याङ्जाका केन्द्रीय प्रतिनिधि रोशन लामिछानेलाई पितृ शोक परेको छ । उहाँका बुवा झलकनारायण लामिछानेको ६१ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका झलकनारायण अचानक बिरामी परेपछि पोखरामा उपचार भईरहेको थियो । स्वर्गीय लामिछानेका श्रीमती, दुई छोरा र एक छोरी रहनुभएको छ ।
स्वर्गीय झलकनारायण लामिछानेको पार्थिव शरीरको आज रामनदी धाम राम्दीमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।लयसैबीच पत्रकार महासंघका सदस्य समेत रहेका क्रियाशिल पत्रकार रोशन लामिछानेको वुवाको निधन प्रति विभिन्न संघ संस्थाले समवेदना प्रकट गरेकाछन् । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शोक वक्तव्य निकाल्दै स्वर्गीय झलकनारायणको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ ।
यस्तै नेपाल प्रेस युनियन,प्रेस चौतारी नेपाल,प्रेस सेन्टर लगायतले पनि समवेदना प्रकट गरेका छन् । यस्तै पत्रकार महासंघ स्याङ्जाले अन्तिम संस्कारका क्रममा रामनदी धाम राम्दीमा नै श्रद्धान्जली सभा समेत गरेको छ ।