समाचार
हाँजिरिजवाफको लागी छनोट प्रतियोगिता भीरकोटमा सम्पन्न
आँधीखोला खबर
वालिङ, ११ जेठ ।
यही १४ गते हुने पालिकास्तरीय हाँजिरिजवाफको लागी छनोट प्रतियोगिता भीरकोटमा सम्पन्न भएको छ । जिल्ला बाल क्लब स्याङ्जाको आयोजना र सामाजिक विकास कार्यालय स्याङ्जाको समन्वय तथा व्यवस्थापनमा यही जेठ १४ गते संचालन हुने पालिकास्तरीय प्रतियोगिताका लागी भीरकोटमा प्रारम्भिक छनोट प्रतियोगिता गरिएको हो । छनोट प्रतियोगिताबाट भीरकोट बयरघारीबाट भुपू सैनिक माविका दिया रोका, भाग्योदय माविका प्रतिक रेग्मी र बालोदय माविका दिवस थापा छनोट भएका हुन । छनोट प्रतियोगितामा ६ विद्यालयका १–१ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले छनोट भएका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै प्रतियोगितामा विजेताको लागी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नगरप्रमुख कर्माचार्यले विद्यार्थीहरुको मानसिक विकासका लागी यस्ता अतिरिक्त क्रियाकलाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै बालमैत्रि भीरकोटमा बालबालिकाहरुको मानसिक तथा शारिरिक विकासका लागी नगरले सोहि अनुसारको कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा शिक्षा साखा प्रमुख विष्णुप्रसाद कोईराला, शिक्षा समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण दहथुम माविका शिक्षक चन्द्रकान्त उपाध्यायले गर्नुभएको थियो ।