समाचार
वालिङ ५ मा समिक्षा तथा पुर्व तयारी सम्बन्धी छलफल
आँधीखोला खबर
वालिङ, १५ जेठ ।
वालिङ नगरपालिका वडा न ५ ले आर्थिक वर्ष २०७९÷८० को योजना समीक्षा तथा ८०÷८१ को पुर्व तयारी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । वडाका जनप्रतिनिधी, पुर्व जनप्रतिनिधि, सर्वदलिय तथा सर्व पक्षिय बुद्दिजिवी, टोल बिकासका प्रतिनिधि हरुको उपस्थितिमा समिक्षा तथा पुर्व तयारी सम्बन्धी छलफल कार्यक्रम गरीएको त्यहाँबाट तिलक गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष छवि आलेले योजना नदोहोरिने र अत्यावश्यक योजना नछुट्ने ध्यायका साथ यो छलफल कार्यक्रम गरीएको भन्दै वडाबासीको दैनिक जिवनमा प्रभाव पार्ने योजनाहरुलाई प्राथामिकतामा राखिएको बताउनुभयो । भेलाले वडाभित्र ग्रामिण सडक स्तरोन्नती र खानेपानी प्रथामिकताका साथ योजना निर्माण गरिएको छ ।
कार्यक्रममा निबर्तमान वडा अध्यक्ष ढाकाराम पंगेनी, पुर्व अध्यक्ष नर प्रसाद रेग्मी, जनप्रतिनिधीबाट राम प्रसाद लामिछाने, टोल संयोजक नर्मदा खड्का लगायतले बोल्नु भएको थियो । वडा अध्यक्ष आलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव डोलजङ गुरुङले गर्नु भएको थियो ।