अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ नगरपालिका र पत्रकारहरुबिच अन्तरक्रिया

news

 
आँधीखोला खबर 
वालिङ, १८, जेठ ।
वालिङ नगरपालिका र जिल्लाका पत्रकारहरुबिच अन्तरक्रिया गरिएको छ । बुधबार वालिङ नगरपालिकाको वार्षिक समिक्षा तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विषयक अन्तरक्रिया गरिएको हो । स्मार्ट अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले एक वर्षमा गरेको कामहरु र आगामी वर्षको लागी नीति तथा कार्यक्रम निमार्णका लागी महत्वपुर्ण सुझावहरु लिएर अगाडी बढ्ने वालिङ नगरपालिकाले जनाएको छ । समग्र वालिङको विकासमा सबै पक्षको सकरात्मक सुझाव साथै सबै पक्षको सहयोगले नै स्मार्ट सिटि निमार्णमा टेवा पुग्ने पनि वालिङ नगरपालिकाको विश्वास छ । 
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायत पत्रकारहरुले सुझाव राखेका थिए । उतm सुझावलाई कार्यान्वयन गरेर अगाडी बढ्ने वालिङ नगरप्रमुख कृष्ण खाँण र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले प्रतिबद्दता जनाउनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...