अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा जातीय भेदभाव तथा छुवाछूत मुक्त रास्ट्र घोषणा दिवस विषयक अन्र्तक्रिया

news

 
रेडियो आँधीखोला,
वालिङ २१ जेठ ।
स्याङ्जाको वालिङमा जातीय भेदभाव तथा छुवाछूत मुक्त रास्ट्र घोषणा दिवस विषयक अन्तरक्रिया  गरिएको छ । आइतबार वालिङ नगरपालिकाको आयोजनामा दलित महिला उत्थान केन्द्र तथा स्थानीय सरकार सवलिकरण, अष्ट्रेलियन एआइडी र द एसिया फाउन्डेसनको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
कार्यक्रममा बोल्नुहुदै वालिङ नगर प्रमुख कृष्ण खाँणले छुवाछूत र भेदभाव फरक कुरा भएको भन्दै छुवाछूतको अन्त्य पहिला आँफुबाट नै गर्न आवश्यक रहेको औल्याउनुभयो । साथै उहाँले छुवाछूतको अन्त्य आफ्नै भान्साबाट गर्ने घोषणा पनि गर्नु भएको छ । दलित समुदायका व्यक्तिलाई आफ्नै भान्सामा संगै बसेर खाना खाएर यो कुराको अन्त्य गर्ने उहाँको भनाइ छ । सबैभन्दा ठूलो धर्म मानव धर्म रहेको भन्दै संसारमा मानवीय धर्म हराउँदै गएको बताउनुभयो । मानवले नै बनाएको यश गलत संस्कारको शिकार दलित समुदाय बन्नुपरेको उहाँको भनाइ रहेको छ । यस कुराको अन्त्यका लागि नगरपालिका सधैं सकारात्मक रहेको जनाउदै दलित समुदाय उत्थानको लागि एजेन्डा नै तयार पारी अगाडि बढ्ने बताउनुभएको छ ।  
यस्तै कार्यक्रमको बारेमा पृष्ठपोषण  तथा कार्यक्रमलाई प्रकाश पार्दै निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँणले  छुवाछूत प्रथा अन्त्यको घोषणा गरेको पाँच वर्षपछि ऐन बन्नु दुखद रहेको बताउनुभयो । उहाँले वर्ण र जात फरक रहेको भन्दै मानिस जन्मिदै माथिल्लो र तल्लो जात भनेर नजन्मिने तर परम्परा र संस्कारले जात छुट्टाइएको बताउनुभयो । साथै यो जातजाति भनेर छुट्टाउने परम्परा पहिलेदेखि नै चलिआएको र अबको संस्कार तथा परमपरा सकारात्मक खालको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो’ जबसम्म सकारात्मक विभेद हुदैन तबसम्म समान अवसर मिल्न सक्दैन । माथिल्लो समुदायको कुनै व्यक्तिले यदि ७० प्रतिशत ल्याउछ र दलित समुदायको एक व्यक्तिले ५० प्रतिशत ल्याउछ भने उसलाई डाक्टर पढ्ने अवसर दिनुपर्छ । जबसम्म माथिल्लो समुदाय र दलित समुदाय बराबरिमा आउँदैनन तबसम्म यो आवस्यक छ । यसैले विभेद गर्न म सबैलाई आग्रह गर्छु । ’ उहाँले भन्नुभयो ।’
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, द एसिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार वालिङ ११का वडा अध्यक्ष डण्डपानी पंगेनी लगाएतले बोल्नुभएको थियो । साथै कार्यक्रममा दलित महिला उत्थान केन्द्रकी राधा नेपालीले कार्यक्रमको प्रकाश तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामाजिक विकास समिति संयोजक युगमाया पंगेनिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य भक्त बहादुर गोतामेले र संचालन वालिङ ५ कि वडा सदस्य अनिता नेपालीले गर्नुभएको थियो । यस्तै सहभागीको तर्फबाट कार्यान्वयन गर्ने ठाउँ तथा क्षेत्रका व्यक्तिहरुले दलित समुदायका समस्याको पहिचान गर्न नसकेको गुनासो गर्दै खुल्ला सोच राख्न आग्रह गरेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...