अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

दाङमा गर्मीका कारण विद्यालय बन्द

news

 

  जेठ २६,  दाङ - दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएकाे हाे ।  

तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएकाे छ ।

गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।

तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।

घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हाे।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...