अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नाइजेरियामा हैजाको महामारी, चार महिनामा ४८ जनाको ज्यान गयो

news

 

 जेठ ३२, नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको ज्यान गएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिनुभएको छ ।

स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्न, स्वच्छताका अभ्यासलाई बढाउन, खोप र उपचारमा पहुँच पुर्याउन र हैजाको प्रकोपको निगरानी र अनुगमनका लागि रोकथाम योजनामा समावेश गरिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...