अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सवारी दुर्घटनामा चापाकोटका पूर्व मेयर गिरीको मृत्यु

news

 
 
असार २,
गएराति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व मेयर शिव गिरीको मृत्यु भएको छ । बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
चापाकोट ४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गएराति ११ बजे पुतलीबजार १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार ९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...