अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टिको पहिलो वार्षिक उत्सवको अवसरमा वालिङमा वृक्षारोपण

news

 
रेडियो आँधीखोला
वालिङ, २ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टिको पहिलो वार्षिक उत्सवको अवसरमा वालिङमा वृक्षारोपण रोपण गरीएको छ ।  वालिङ वडा नं ९ सुर्काेंदी स्थित गौशाला संरक्षणका लागी डाले घाँसका विरुवा रोपण गरिएको हो । सामाजिक काममा सक्रिय हुदै आएको यस पार्टिले आफ्नो पहिलो वार्षिकोत्सवमा शुक्रबार वृक्षारोपण कार्यक्रम गरेको हो । 
कार्यक्रम वालिङका प्रमुख प्रशाशकीय अधिकृत तेजराज शर्मा र इलाका प्रसाशन प्रमुख गुरुदत्त पौंडेलले संयक्त रुपमा वृक्षारोपण गरी शुरु गरिएको हो । गौशाला तथा त्यहाँ रहेका गाई संरक्षणको लागी घाँसको अभाव हुन नदिन गरिएको कार्य सर्हानिय भएको उहाँहरुले बताउनुभयो । साथै वृक्षारोपण वातावरणसंग पनि सम्बन्धित भएकाले यसलाई समय समयमा संरक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा नगरपालिका पशु सेवा शाखा प्रमुख लेखनाथ अर्याल, प्राविधिक डोल राज गैह्रे, सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका उपाध्यक्ष दिपेन्द्र गैह्रै र नगर अध्यक्ष कमल गैह्रे, गौशाला व्यवस्थापन समितिका कोषाध्यक्ष चन्दमान श्रेष्ठ, पूर्णामृत भवानि माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक हरि पंगेनी र विभिन्न क्षेत्रका वौद्धिक तथा समाजिक उपस्थिती रहेको थियो ।
कार्यक्रममा वर एक, पिपल –दुई, समि – एक,  काउरो – चौबिस, पाखुरी –बाह्र, कपुर –दुई, क्यू काफल – साठी, नेपियरका बिरुवा तथा विभिन्न प्रजातिका फूलहरुको समेत बिरुवा रोपण गरिएको राष्ट्रीय स्वतन्त्र पार्टिका वालिङ नगर सभापति सुरेन्द्र काफ्लेले जानकारी दिनुभयो ।
यसैबीच उता राष्ट्रिय स्वतन्त्र पार्टि भीरकोटले समेत बृक्षारोपण गरेको छ । छायाँक्षेत्र मन्दिर छाङछाङदी  मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । मन्दिर परिसरमा वर,पिपल स्वामीलगायतका बृक्षहरु रोपण गरिएका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...