अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विरुवा गाउँपालिका आफ्नै भवनबाट सेवा प्रवाह

news

 
वालिङ, ७ असार ।
स्याङ्जाको विरुवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएर सेवा प्रवाह भए संगै पालिकामा सेवा लिनआउन पालिका बासिहरुलाई थप सहजता हुने गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले बताउनुभयो ।
सात करोड ६६ लाख ५६ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएर काम गरिएको गाउँपालिकाले जनाएको छ । साविकको कृषि सेवा केन्द्र रहेको १३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । २०७७ असार ३१ मा गीता निर्माण सेवा र श्री क्रियटिभ निर्माणसँग संयुक्तरुपमा सम्झौता भई निर्माणकार्य गरिएको गाउँपालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...