अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको सपथ ग्रहण

 
रेडियो आँधीखोला 
वालिङ, ९ असार ।
वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको समितिले यहाँका महिला उद्योगी व्यवासायी एव्ां उद्यमीहरुको हितमा काम गर्ने भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । केसीको अध्यक्षतामा मनोनित १७ सदस्यीय महिला उद्यमी विकास समितिले शुक्रबार सपथ ग्रहण गरेको हो । महिला उद्यमी विकास समिति अध्यक्ष केसीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो । 
साथै महिला उद्यमी विकास समितिको सपथ ग्रहणसंगै समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकमा विविध विषयमा छलफल समेत गरिएको समिति अध्यक्ष केसीले बताउनुभयो । समितिले स्मार्ट सिटिको अवधारणमा अगाडि बढ्दै गरेको वालिङमा आफ्नो कार्यकालमा कोशेली घरको स्थापना अध्यक्ष केसीले बताउनुभयो । वालिङमा रहनुभएका महिला दिदिबहिनीहरुले उत्पादन गर्नुभएको विभिन्न सामाग्रीहरुको विक्रि स्थल स्थापना गरी कोशेली घरको रुपमा विकास गर्ने यसका लागी सबैको साथ र सहयोगले सफल हुने अध्यक्ष केसीको विश्वास छ ।
उद्योग वाणिज्य संघको गत जेठ २५ गतेको बैठकले केसीको अध्यक्षतामा समिति मनोनित गरेको थियो । समितिको उपाध्यक्षमा पार्वती पंगेनी, सचिवमा सिता ढुंगाना अधिकारी, कोषाध्यक्ष सावित्रि रेग्मी मिठु रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...