अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार

news

 
रेडियो आँधीखोला 
वालिङ, ११ असार ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागी १४औ नगरसभाबाट आइतबार नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आ.व.०८०÷०८१ को नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको हो ।  नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 
‘उत्पादन,रोजगारी र पूर्वाधारःवालिङको विकास र समृद्धिको आधार’ भन्ने उद्गार सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । बढ्दो बेरोजगारी समस्यालाई नीति तथा कार्यक्रमले समाधान गर्ने लक्ष्य लिइएको छ । गत आ.व.मा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले  विगतका कोही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गर्नुभयो ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको कृषि उत्पादन वृद्धि गर्न प्राथमिकता दिइएको छ । नगरभित्रका ६७ प्रतिशत नागरिकहरु कृषिमा आवद्ध रहेकोले उनीहरुको आर्थिक स्तर उकास्नको लागि कृषि क्षेत्रलाई ग्राहयता दिइएको कार्यक्रममा उल्लेख छ । 
कृषि उत्पादन वृद्धिको लागि ‘एक टोल एक सामुहिक कृषि उत्पादन’नीति अवलम्बन गरी स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  सुन्तला,कोदो र अदुवाजस्ता अन्न तथा फलफुलबाट स्थानीय मदिरा उत्पादन एवं लेबलिङ र  ब्राण्डिङ गरी नगरको आन्तरिक आय वृद्धि गरिने कार्यक्रमलाई अगाडि सारिएको छ । 
कृषि तथा पशुपालनमा विशेष जोड दिइएको कार्यक्रममा रैथाने बालीहरुको संरक्षण तथा उत्पादनमा वृद्धि,बाँदर आतङ्क न्युनिकरणको लागि हेरालुको व्यवस्था, दुधको शुद्धताको लागि गोठदेखि ओँठसम्म  नीति तय गरिएको छ ।
नगरको पूर्वाधार विकासको लागि आयोजना बैङ्क स्थापना गर्ने र लगानीमैत्री वातावरणमा लगानीकर्तालाई आकर्षण गरिने नीति लिइएको छ । खानेपानी,यातायात,पार्किङ,सडिक सञ्जाल लगायतको उचित व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि सारिने नीति तथा कार्यक्रम अगाडि सारिएको छ । यस आ.व.मा थप १५ कि.मि.सडक कालोपत्रे गर्ने लक्ष्य नगरको रहेको छ । 
आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘शिव पार्वती वृद्धाश्रम’सँग सहकार्य गरी असहाय,अशक्त व्यक्तिहरुको उचित व्यवस्थापन गरिनेछ । नगरप्रमुख खाँणका अनुसार नगरका २५ हजार नागरिकहरु स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् भने १५ हजार जना बीमितले  नियमित स्वास्थ्य सेवा लिइरहेका छन् । नगरको समृद्धिको लागि युवा,खेलकुद तथा शिक्षा नीति, सहकारी सम्बन्धी नीति,विपद् व्यवस्थापन,महिला ,बालबालिका तथा जेष्ठ नागरिक लगायतका नीतिहरुको अगाडि सारिएको छ ।
यस्तै नगरसभाबाटै १ अर्ब ८ करोड ८९ लाख ८३ हजार रकम विनियोजन गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरउपप्रमुख कविता तिवारी गैह्रेले आगामी आर्थिक वर्षका लागीे उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 
उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६. १३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३. ८७ प्रतिशत रहेको छ । विनियोजित बेजटमा आर्थिक विकासका लागी ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पुर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्र्तसम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये आन्तरिक आयस्रोत ३१ करोड, संघिय वित्तिय समानीकरण १४ करोड ९६ लाख, संघिय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघिय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख, संघिय सरकार विषेश अनुदान १ करोड ५० लाख, संघिय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...