समाचार
कालिका मावि विव्यस अध्यक्ष कोइरालाले विद्यार्थी र शिक्षकलाई बाँडे निशुल्क कागतीका विरुवा
रेडियो आँधीखोला
वालिङ, १२ असार ।
स्याङ्जाको कालिका मावि झापाकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यार्थी र शिक्षकलाई निशुल्क सुनकागतीका विरुवा वितरण गर्नुभएको छ ।
विद्यार्थी र शिक्षकलाई कृषिप्रति आकर्षण गर्न १००० वटा सुनकागतीका विरुवा निशुल्क वितरण गरिएको विव्यस अध्यक्ष मिनप्रसाद कोइरालाले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी र सम्पूर्ण शिक्षकलाई कागतीको विरुवा वितरण गरिएको हो। कालिका माविलाई सम्पूर्ण रुपले सुधार्न र जिल्लाकै अग्रणी स्थानको विद्यालयलाई पुनः सोही स्थानमा पुर्याउन आफू डटेर लाग्ने अध्यक्ष कोइरालाको भनाइ छ।
उहांले एक कार्यकाल यसअघि नै अध्यक्षको भूमिकामा उक्त विद्यालयमा बिताइसक्नुभएको छ् भने कृषि तथा सहकारी अभियानमा समेत सक्रिय उहां नेपाल कृषि उद्यमका सञ्चालक तथा जिल्ला सहकारी संघ स्याङ्जा सचिव समेत रहनुभएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान संगै प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिन सकियो भने उनीहरुले जिवन सरल हुने कोईरालाले बताउनुभयो ।