अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

एकादशीका अवसरमा छाङछाङदीमा ६८ हजार भेटि संकलन

news

 
रेडियो आँधीखोला 
वालिङ, १५ असार ।
स्याङ्जाको छायाक्षेत्र मन्दिर छाङछाङदीमा एकादशी पर्वका अवसरमा ६८ हजार भेटि संकलन भएको छ । हरिशयनी एकादशीका अवसरमा भक्तजनहरुले चढाएको दान तथा आजिवन सदस्यताबाट प्राप्त रकम गरी ६८ हजार ६१ रुपैँया संकलन भएको मन्दिर व्यवस्थापन समितिका सदस्य तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । आजिवन सदस्यबाट १५ हजार १० रुपैँया, दानपेटिकाबाट १० हजार, सहयोग रसिदबाट ७ हजार ५६१ रुपैँया र ३५ हजार ५ सय भजन मण्डलीबाट गरी ६८ हजार ६१ रुपैँया संकलन भएको पौडेलले बताउनुभयो । 
ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलको बिरुवालाई आज घरमा रहेको तुलसीको मठमा रोपेर एकादशी पर्व मनाईएको हो । वैज्ञानिकरुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाईने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिकारुपमा समेत प्रयोग गरेको पाईन्छ ।
स्वस्थानी ब्रतकथामा उल्लेख भए बमोजिम हिमालय पुत्री पार्वतीको शेष रहेको अन्तिम अङ्ग यसै ठाउँमा अर्थात छाङछाङदीमा पतन भएको किंवदन्ती रही आएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
मन्दिरमा संकलित भेटी तथा मेलाबाट संकलित रकमले मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आईएको छ । हाल मन्दिर परिसरमा १०८ जलधारा, १०८ शिवलिंग, बाटो, पर्खालगायतका भौतिक संरचना निर्माणाधिन रहेको र यसरी संकलित रकमले भौतिक निर्माणमा खर्च गरिँदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
 
१०८ जलधारा र शिवलिंग निर्माण तथा अन्य भौतिक पुर्वाधार निर्माणका लागी खानेपानी तथा ढल व्यवस्थापनबाट विनियोजित ३२ लाख ८५ हजार बजेटबाट अहिले मन्दिर परिसरमा जलधाराका लागी टयांकी निर्माण भईरहेको छ । मन्दिर दर्शनका लागी स्याङजासहित, पाल्पा, कास्की, पर्वत, बाग्लुङ, कपीलवस्तु, तनहुँ, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाबाट मनोकांक्षा पुरा हुने जनविश्वासले दर्शन तथा पुजाका लागी आउने गरेका छन् ।
 
यस्तै स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा अवस्थित सेतीवेणी शीला, पाल्पा र स्याङ्जाको संगमस्थलमा अवस्थित रामनदीधाम (राम्दी), छर्तिघाट, हुँगीघाट, उत्तरबाहिनी मालुङ्गा, आँधीघाट, ज्याग्दीघाट, केलादीघाट विशेषगरी कालीगण्डकी नदी किनारमा समेत भक्तजनहरुले एकादशीका अवसरमा स्नान तथा पुजापाठ गरेका छन्  ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...