अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चापाकोटमा कृषि संकलन केन्द्रको भवन निर्माण

news

 
रेडियो आँधीखोला 
वालिङ, २० असार ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ घर्ती बगैँचामा कृषि संकलन केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याङ्जाको तेह्र लाख सहयोगमा शौचालयसहितको कृषि संकलन केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको लिची आँप जोन स्याङ्जाका अध्यक्ष विश्वास पुरीले बताउनुभयो ।
चापाकोट नगरपालिकामा आँप र लिचीको विरुवा लगाउने किसानहरुको संख्या बढ्दो क्रममा रहेकोले भोलिका दिनमा कृषि उपज संकलन गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको अध्यक्ष पुरीको भनाई छ ।
किसानहरुलाई आँप र लिचीमा आत्मनिर्भर बनाई निर्यात गर्ने उद्देश्यका साथ यसै आर्थिक वर्ष मात्रै चापाकोटमा आम्रपाली जातको १० हजार आँप र सिडलेस जातको ६ हजार लिचीको विरुवा वितरण गरिसकिएको पुरीले बताउनुभयो । चापाकोट नगरपालिकामा मात्रै एक सयभन्दा बढी आँप र लिचीको विरुवा लगाउने किसानहरुका संख्या २० भन्दाबढी रहेको अध्यक्ष पुरीले बताउनुभयो ।
दीर्घकालीन उद्देश्य लिएर निर्माण गरिएको कृषि भवनको नजिकै रहेको खाली ठाउँमा पार्क निर्माण कार्य अगाडि बढाएको चापाकोट नगरपालिका ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले बताउनुभयो । कृषि संकलन केन्द्रको भवन निर्माण भएसँगै, किसानहरुको भेला, टोल भेला, आमा समूह, युवक क्लव लगायतको बैठक बस्न पनि सजिलो भएको उहाँको भनाई छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...