अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सबै सहकारी खराब छैनन्, बचतकर्ता आत्तिनु पर्दैन

news

 

असार १६,  तीन वर्षभन्दा लामो कोभिड संक्रमण तथा रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्यो । उद्योग व्यवसायमा पनि यसले असर गर्यो । यसको प्रभाव नेपालमा नपर्ने भन्ने कुरो रहेन । तरलता अभाव तथा ऋण लगानी गर्न नसक्ने अवस्था नेपालमा पनि आइपर्यो । यसबाट जोगिन राष्ट्र बैंकले आफ्नो नीतिमा पनि केही परिवर्तन गर्यो । र अहिले बैंक तथा वित्तीय संस्थाहरु केही सामान्य अवस्थामा आएका छन् ।

तर पनि पूर्णरुपमा ऋण लगानी गर्न सक्ने अवस्थामा अहिलेसम्म पनि सहकारीहरु पुगेका छैनन् । वित्तीय क्षेत्रको एउटा पाटो भएको हुनाले वित्तीय कारोबार गर्ने सहकारीको अवस्था यस्तै छ । करिब ३२ हजार सहकारीमा २० हजारभन्दा धेरै सहकारीले वित्तीय कारोबार गर्छन् । यसभन्दा अगाडि पनि केही सहकारी सहकारीको मूल्य सिद्धान्त अनुसार नचलेको कुरा समाचारमै आएको हो । चाहे त्यो ओरियन्टल वा सिभिल जुनसुकै भए पनि जनताको पैसा उठाएर घरजग्गा लगायत अन्तै लगानी गर्दा समस्या रह्यो ।

यो चरणमा पनि केही सहकारीमा समस्या देखापर्यो जस्तै धरानको बराह सहकारी संस्था  जसको वासलात ७८ करोड रुपैयाँ छ भने दायित्व १४ अर्ब रुपैयाँको छ भनेर आफैँले स्वीकार गरेको छ । यसरी जनताको बचत दुरुपयोग गरेर शेयर, घरजग्गा तथा अरु अनुत्पादक तथा उद्यम, व्यवसायमा लगानी गरेका शिवशिखर, तुलसी, गौतम श्री, इमेज, देउरालीमा सुरुमा केही समस्याहरु आए । यसमा आन्तरिक र बाह्य दुवै कारण छन् । आन्तरिक कारण एकदमै कम सहकारीमा छ । यसको असर अरु नियमितरुपमा चलिरहेको संस्थामा पनि पुग्यो । जसले गर्दा बचतकर्ताले बचत फिर्ता पाउन सकेनन्।

त्यसपछि बचतकर्ताहरु सबै सहकारीमा एकैपटक पैसा फिर्ता लिन जान थाले । यसरी एकै पटक बचत फिर्ता लिन आउँदा दिन सम्भव हुने कुरा रहेन । किनकि सामान्यतया बचतको ७० देखि ८० प्रतिशत लगानी गर्ने भन्ने अन्तर्राष्ट्रिय अभ्यास छ । उद्यममा शिथिलता आउँदा लगानी गरेको पैसा नआउने तथा नयाँ बचत पनि नआउने र भएको बचत फिर्ता लिने गर्दा धेरै संस्थामा असर पर्यो । त्यसको असर फैलँदै पनि गयो र धेरै संस्थामा तरलताको चाप पर्यो । यसकारण समस्या देखा परेको हो । सबै संस्था खराब होइन । केही संस्था सहकारीको मूल्य सिद्धान्त अनुसार नचलेका कारण समस्या आएको हो । त्यसको समस्या अन्त पनि पर्न गयो । राजधानी र मोफसलका शहरमा यसको असर बढी छ । ग्रामिण समुदायमा यसको असर अत्यन्त न्यून वा छँदैछैन भन्दा पनि हुन्छ ।

बचत फिर्ता पहिलो प्राथमिकता

अहिले समस्या देखिएका सहकारीमा लगानी घरजग्गा तथा सेयरमा गर्ने अनि यस्ता क्षेत्रमा लगानी गरेको पैसा नआउने, थप बचत पनि नआउँदा समस्या भएको हो । शहर केन्द्रित र शिवशिखर जस्ता देशभर कार्यक्षेत्र भएका केही सहकारीमा समस्या पर्न गयो । यसको असर अन्य सहकारीमा पनि देखा पर्यो । अहिलेको समस्या भनेको तरलताको चापको समस्या हो ।

केही संस्थामा बचतकर्ताको पैसा नउठ्ने गरीको समस्या हो कि जस्तो देखिन्छ । तर, धेरै संस्थामा यस्तो छैन । सहकारी विभागले एउटा सूचना निकालेर गलत नियतले काम गरेका संस्था कारबाहीको भागिदार हुने, र समस्याग्रस्त सहकारीलाई एउटा श्वेतपत्र जारी गर्न भनेको छ । शेयर, बचत, संस्थागत कोष, लगानी, उठ्न बाँकी सबै रकम खुलाएर श्वेतपत्र जारी गरे विभागले पनि सहयोग गर्ने र सदस्यलाई पनि पुँजी यहाँ परेको छ फिर्ता आउँछ भनेर विश्वासको वातावरण बनाउनुस् त्यसमा विभागले पनि सहयोग गर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

सेयरको रकम भने घाटामा गएको अवस्थामा अनुपातमा घटेर आउन सक्छ । संस्थाको पहिलो जिम्मेवारी भनेको बचत फिर्ता हो । संस्था घाटामा गएको छ भने उसको सेयर तथा संस्थागत कोषमा घट्न सक्छ । संस्था बन्द हुने अवस्थामा आफ्नो सेयरभन्दा पैसा कम आउन पनि सक्छ । बचत फिर्ता पहिलो प्राथमिकता हो र फिर्ता हुन्छ भनेर विभागले पनि आश्वस्त बनाइरहेको छ ।

जो नियतवश गलत काम गर्न लागिपरेका छन् तिनीहरुमाथि कारबाही हुन्छ । उनीहरुको आफ्नो र परिवारको सम्पत्ति रोक्का गरेर भए पनि दिलाउने काम सरकारले गर्छ भन्ने लाग्छ । त्यस्तो भनेको औँलामा गन्न सकिने छन् । अरुको भनेको ढिलो छिटो बचत फिर्ता हुन्छ र गर्नुपर्छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा अहिले मन्त्रिपरिषद्ले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल पनि गठन गरेको छ । जसमा सम्बन्धित मन्त्रालयको सचिव, निर्देशक, महासंघको अध्यक्ष, रजिष्ट्रार सबै हुनुहुन्छ । यसले अहिले धेरै अध्ययन पनि गरिरहेको छ । कार्यदलले सहकारीको वर्तमान अवस्था के हो र किन समस्या आयो,  हिजोको कार्यदलले दिएको सुझाव कति कार्यान्वयन हुन सक्यो सकेन र दीर्घकालमा गर्नुपर्ने र अल्पकालमा गर्नुपर्ने के हो भनेर प्रतिवेदन सरकारलाई बुझाउँछ र कार्यान्वन पनि हुन्छ ।

श्वेतपत्र जारी गर्ने

अहिले तत्काललाई सहकारीहरुले विभागले भनेजस्तो श्वेतपत्र जारी गरेर सहकारीको अवस्था यस्तो छ भनेर संचालकले सदस्यहरुलाई आश्वस्त बनाउनुपर्यो । सहकारी भनेको सदस्य नै मालिक तथा उपभोक्ता हुने हुँदा आफैँले छानेको प्रतिनिधिले संचालक समिति र लेखा समितिमा बसेर संचालन गर्ने हो । त्यसलाई त्यसरी व्यवस्थापन गर्नुपर्यो । अर्को भनेको लगानी गरेको रकम उठाउँदै र कुनै अचल सम्पत्तिमा लगानी फसेको छ भने त्यसको बिक्री वितरण गर्दै प्राथमिकताको आधारमा बचत फिर्ता गर्दै जानुपर्यो ।

यसका लागि केही समय लाग्ला । यसमा पनि साना रकम भएका र उपचारमा, अध्ययनमा अनि अनि घरायसी अत्यावश्यक काम परेका सदस्यलाई बचत फिर्ता गर्दै आश्वस्त बनाएर जाने काम भयो भने सहज परिस्थितिमा आउँछ । यसो गर्न सकियो भने अहिलेको समस्या समाधान गर्न सकिन्छ ।

नियतवश नै गलत गरेकालाई भने सरकारले कारबाही गरेर बचतकर्ताको रकम फिर्ता दिनुपर्छ । यसका लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको छ । त्यस्ता १२ वटा सहकारीलाई समितिले हेरिरहेको छ । दुई/तीन वटा सहकारीको समस्या समाधान पनि भइसकेको छ । नियतवश नै गलत काम गर्नेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हेरेर उनीहरुको सम्पत्ति रोक्का गरेर, बिक्री वितरण गरेर फिर्ता दिलाउने काम गर्छ । अहिले देखिएको धेरै समस्या यसै अन्तर्गत पर्छ ।

अहिलेको समस्या कम गर्न सरकारले सहकारी ऐन २०७४ तथा २०७५ सालमा आएको नियमावलीमा भएका कुराहरुलाई कार्यान्वन गरेको भए यो अवस्था आउँदैन थियो । सहकारी कर्जा सूचना केन्द्र बनेको थियो भने त्यसले आफ्नो सदस्यलाई ‘क्रेडिट हिस्ट्री’ हेरेर उसलाई ऋण दिने नदिने पहिले नै सतर्क हुन्थ्यो ।

दोस्रो कर्जा असुली न्यायाधीकरण छ जसले पहल गरेर नउठेको कर्जा उठाउन सकिन्थ्यो । अर्को भनेको बचत तथा कर्जा सुरक्षण कोष छ । यसको काम भनेको केन्द्रीय बैंकले वित्तीय संस्थाको बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको ग्यारेन्टी लिए जस्तै गरी कोषले ग्यारेन्टी लिएको भए यो समस्या आउँदैन थियो । त्यो पनि कार्यान्वयन हुन सकेन ।

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) अन्तर्गत स्थिरीकरण कोष छ । जसले समस्यामा परेका संस्थालाई अनुगमन तथा नियमन पनि गर्छ र ‘सफ्ट लोन’ तथा बिना ब्याज पनि ऋण दिने काम गर्छ । यो भर्खरै सुरुवात हुन थालेको छ । यदि ती निकायहरु गठन भएर सक्रिय हुने हो भने यस्तो समस्या धेरै कम आउँथ्यो । आए पनि त्यसले समस्या समाधान गर्न मद्दत गथ्र्यो । यसकारण हामीले यो विषयलाई निरन्तर उठाइरहेका छौँ ।

समस्या समाधानका लागि कार्यदल

अहिले बचतकर्ताहरु सडकमा छन् । केही समय पहिले समस्यामा परेका सहकारीका साथीहरु पनि आन्दोलनमा हुनुहुन्थ्यो । तर, बढी धरपकड भएपछि राष्ट्रिय सहकारी महासंघले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा सहकारीका समस्या समाधान सहजीकरण कार्यदल गठन गरेका थियौँ । सम्बन्धित निकायमा हामीले हाम्रा मागहरु दिएका पनि छौँ । केही समय आन्दोलनका कार्यक्रम पनि अगाडि सार्यौँ । तर, परिस्थिति प्रतिकुल भएका कारण त्यसलाई अहिले स्थगित गरेका छौँ ।

अर्को भनेको सन्दर्भ ब्याजदर छ । बैंक बित्तीय संस्थाको ब्याजदर उनीहरुको ‘बेस रेट’को आधारमा बैंकर्स एसोसियसनले बैठक बसेर बचतको औसत ब्याजको आधारमा ऋणको चार/पाँच प्रतिशत मार्जिन जति छ ‘बेस रेट’को आधारमा ‘प्रिमियम’ लिएर दिने गर्छन् । हाम्रोमा चाहिँ त्यसो नभएर सन्दर्भ ब्याजदर भनिएको छ । तर, पछिल्लो चरणमा ‘सिलिङ’ १६ प्रतिशतभन्दा दिन नपाइने थियो । त्यो समय अनुसार बढाउने अथवा घटाउने गर्नुपर्थ्याे । तर, त्यसो हुन सकेन । बैंकले १४/१५ प्रतिशत निक्षेपमा ब्याज दिने अनि ऋणको ब्याज १७/१८ प्रतिशत भएको हामीले देखिरहेका छौँ । त्यसकारणले पनि अलि समस्या भएको थियो । अहिले ब्याजदर केही घटेकोले केही सहज भएको छ । यो सँगसँगै हाम्रो सन्दर्भ ब्याजदरलाई वित्तीय क्षेत्रमा ब्याज बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित बनाउन सकियो भने भोलिको दिनमा यसले पनि समस्या कम ल्याउँछ ।

अहिले केही सहकारीमा समस्या देखिए पनि ग्रामिण क्षेत्रमा तथा अन्य धेरै ठाउँमा सहकारीमा कुनै समस्या नै छैन । राम्रोसँग चलिरहेको छ । बचत तथा ऋण लगानी भइरहेको छ । नियमित किस्ता तथा ब्याज आइरहेको छ । अहिलेको समस्याले नियमित ब्याजमा केही ढिलो भएको पनि होला । तर, सहरी क्षेत्र विशेषगरी काठमाण्डौ उपत्यका र मोफसलका केही ठाउँमा तथा शिवशिखर जस्ता संस्थाका कारण केही अविश्वासको अवस्था पैदा भएकै हो । यसलाई मेटाउनु पर्छ । सहकारी भनेको सदस्य नै त्यसको मालिक हो । सदस्यहरुले हाम्रा सञ्चालकहरुलाई, हामीले गरेका निर्णयहरुलाई, व्यवस्थापनले गरेका काम कारबाहीलाई नियमितरुपमा नजिकबाट हेरेर संस्थालाई अनुगमन, नियमन गरेर स्वनियमनमा ल्याउने काम सदस्यहरुले गनुपर्छ । 

सदस्य र सञ्चालकको भूमिका

सहकारीको सञ्चालक व्यवस्थापकले सहकारीको अन्तराष्ट्रिय मूल्य सिद्धान्त छ त्यसै अनुसार चलाउनु पर्यो । यसका वास्तविक मालिक भनेका सदस्यहरु हुन् यसकारण ब्याजदर निर्धारण गर्दा, नयाँ निर्णय गर्दा साधारण सभाले सकेसम्म सर्वसम्मत नभए पनि बहुमतको निर्णयको आधारमा गर्नुपर्ने हुन्छ । त्योभन्दा बाहिर जानु भएन । ऋण लगानी गर्दा पनि उचित खालको ऋण लगानी गर्नेदेखि लिएर बचतको सुरक्षामा पनि त्यस्तै ग्यारेण्टीका साथ जानुपर्छ ।

सदस्यहरुले पनि आफ्नो सञ्चालक, व्यवस्थापकप्रति विश्वस्त भएर सचेत पनि हुनुपर्ने हुन्छ । सदस्यहरुको पनि हरेक कुरामा सक्रीय सहभागिता हुनुपर्यो । सदस्यले नीति, विधि र प्रविधि अनुसार संस्था चलेको छ कि छैन भनेर सजग हुनुपर्यो ।

व्यवस्थापनले त झनै सजग हुनुपर्छ । आमनागरिकको पैसा लिएर त्यसको दुरुपयोग त गर्न पाउँदै पाइँदैन । बचत लिँदा वा लगानी गर्दा त्यसको उचित खालको सुरक्षण लिएर मात्रै गर्नुपर्छ । हरेक काम गर्दा कार्यविधि बनाएर काम गर्नुपर्छ । हचुवाका भरमा काम गर्नुहुँदैन ।

सहकारीको क्षेत्र निर्धारणको कुरा गर्दा हाम्रो नियामक निकायको भूमिका पनि कमजोर देखियो । अहिले भने एक लाख भन्दा धेरै सदस्य भएका र अर्बौँको वासलात भएका धेरै सहकारी छन् । कार्यक्षेत्र कति भन्दा पनि थप्दै लान सकिन्छ । यो अन्तराष्ट्रिय अभ्यास पनि हो । यसकारण नीति, विधि र प्रविधिले बाँधेर जाने हो संस्थामा सुशासन ल्याउन मद्दत पुर्याउँछ । सदस्यको विश्वास जितेर सदस्यको हितमा काम गर्ने समूह भयो भने सहज ढंगले चल्छ ।

सुरु सुरुमा संस्था दर्ता गर्दा हाम्रो नियामक निकायले खासै ध्यान दिएनन् । वाग्मती प्रदेशले एक डेढ वर्षमा उपत्यका कार्यक्षेत्र भनेर बहुउद्देश्यीय नाम राखेर तीन सय भन्दा धेरै संस्था दर्ता गर्यो । दर्ता गर्ने, त्यसलाई नियमन गर्ने, प्रवर्द्धनगर्ने, गलत काम गर्नेलाई कारबाही गर्ने अधिकार नियामक निकायको हो । यहाँ नियामक निकाय धेरै चुकेको देखिन्छ । हामीले अहिले नगरपालिकाभित्र बचत तथा ऋणका संस्थाहरु दर्ता गर्नु आवश्यक छैन भनेका छौँ । बरु भएका संस्थालाई एकीकरण गर्ने हो । संसारको अभ्यास यही हो । जापानमा हजारौँ संस्था एकीकरण भएर अहिले पाँच, साढे पाँच सय संस्थाका रुपमा आइपुगेको छ । 

कमजोर नियामक निकाय

देश संघीयतामा गएपछि अहिले पालिकामा जनशक्ति पनि छैन । उहाँहरुको क्षमता पनि छैन । सहकारी उहाँहरुको कम महत्त्वको क्षेत्रमा परेको छ । त्यसकारण पनि समस्या आएको छ । अब नियामक निकायले एउटा प्रणालीमा लिएर जाने काम गर्नुपर्छ । अहिले संसदमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित १९ वटा ऐन संशोधनमा छ । जसमा २५ करोडसम्म कारोबार भएको संस्थालाई पालिकाले अनुगमन गर्ने, ५० करोडसम्मको कारोबार गर्ने संस्थालाई प्रदेश सरकारले तथा त्

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...