अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

news

 

असार २१,  काठमाण्डाै - कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो  । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...