अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गत पुसदेखि जेठसम्मको अवधिमा स्याङ्जामा मानवअधिकार उल्लंघन र ज्यादती सम्बन्धी २६ वटा निवेदन दर्ता

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ असार ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा अर्धबार्षिक समिक्षा गरिएको छ । पुतलीबजार नगरपालिकामा आयोजित समिक्षा कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीले न्याय अनुभूभि गर्ने बिषय भएको बताउनुभयो । जहाँ मानवअधिकारको प्रत्याभूति हुन्छ त्यहा मात्र विकास र समृद्धी संभव हुने बताउनुभयो ।  गर्भदेखि मृत्युपर्यन्तका सबै संस्कारको संरक्षण गर्नु मावनअधिकारभित्र पर्ने हुदा सबैका अधिकार संरक्षणमा सरोकारवाला सबैको सकारात्मक सहयोग हुनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा पुतलीबजारका उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे,  जिल्ला न्यायधीवक्ता रामचन्द्र शर्मा, राष्ट्रिय अनुसंधान कार्यालयका उपनिर्देशक मनोज ढकाल, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सामाजिक बिकास अधिकृत शोभाकान्त रेग्मी, शसस्त्र प्रहरी निरीक्षक देवराज मल्ल, रेडियो एवं स्याङ्जा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेल, अधिवक्ता युगनारायण श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष अमृत नेपाली, राष्ट्रिय स्वतन्त्र पाटीका नगर संयोजक डा. बसन्त पंगेनी लगायतले इन्सेक लगायत मानवअधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्था र सरकारी निकायबीच सहकार्य गर्दे न्यायका पहुचमा पुग्न नसक्ने बर्गलाई सहयोग पुग्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 
गैसस महासंघका अध्यक्ष गोविन्द शर्माको अध्यक्षताा सम्पन्न कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि राधाकृष्ण शर्माले गर्नुभएको थियो । यसैगरी, गएको पुस महिनायता जेठ महिनासम्म जिल्ला स्थित बिभिन्न निकायमा मानवअधिकार उल्लंघन र ज्यादती सम्बन्धी २६ वटा निवेदन दर्ता भएका छन ।  ती मध्ये १६ वटा मिलापत्र भएको र २ वटा अदालतमा गएको र १८ वटा मुद्धा दर्ता भएको उल्लेख छ । ती मध्ये बलात्कारका प्रयास १२ वटा, बलात्कार एउटा, शिक्षादिक्षा नदिएको एउटा, बहुविवाहका २ वटा, हत्या एउटा , घरेलु हिंसाका १८ वटा र अभद्र ब्यवहार तथा गाली वेइजतीमा ११ वटा उजुरी परेको इन्सेक प्रतिनिधि शर्माले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...