अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा स्थानीय उत्पादनको प्रतिष्पर्धात्मक प्रर्दशनी, १७ जना उत्कृष्ट हुँदै पुरस्कृत

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ असार ।
वालिङ स्थित सिटि हलमा स्थानीय उत्पादनहरुको प्रर्दशनी गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज प्रालि वालिङको समन्वयमा इबिक परियोजना अन्र्तगत वस्तु तथा सेवाको प्रर्दशनी एवं प्रतिष्पर्धात्मक कार्यक्रम दुईदिन शुक्रबार र शनिबार गरिएको हो । प्रर्दशनीमा यहाँका ४० जना उद्यमीहरुले आ–आफ्ना वस्तुहरुको प्रर्दशनी गरेका थिए । 
 
प्रतिष्पर्धात्मक प्रर्दशनीमा १७ जनाले पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार वितरण गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारीले उद्यमीहरुलाई हौसला प्रदान गर्नका लागी यो प्रर्दशनी राखिएको बताउनुभयो । आगामि दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उहाँको भनाई छ । वालिङका उद्यमीहरुको प्रर्वद्धन गर्नका लागी आगामी वर्षमा बजेट नै विनियोजन गरि अगाडि बढिएको भन्दै उद्यमी तथा अर्गानीक वस्तु उत्पादनको शहरको रुपमा वालिङलाई विकास गरिने उपप्रमुख गैह्रेले उल्लेख गर्नुभयो ।  
 
कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिप प्रताप खांणले स्थानीय स्रोतसाधनको उपयोग गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने भन्दै उद्यमशीलताको प्रर्वद्धन बिना नगरको विकास हुन नसक्ने बताउनुभयो । कार्यक्रममा यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय संस्थाका अध्यक्ष ल्या.यामबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । 
 
दुईदिनसम्म संचालित प्रतिष्पर्धात्मक प्रर्दशनीमा लेखनाथ अर्याल, सुभाषचन्द्र अर्याल र बाबुराम रेग्मीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । निर्णायकले उद्यमीको दर्ता, वस्तु, स्थानीय उत्पादन, अन्यलाई दिईएको रोजगारीको अवसरलगायतलाई आधार मानेर उत्कृष्ट छनोट गरेका हुन् । उत्कृष्ट हुने १७ जनाले नगद ५५ सय र प्रमाणपत्र प्राप्त गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...