अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मुल संरक्षणका लागी वालिङ —८,धाराको चौरमा वृक्षारोपण

 
रेडियो आँधीखोला 
वालिङ, २९ असार ।
स्याङ्जाको वालिङ ८ स्थित धाराको चौरमा मुल संरक्षणकालागि वृक्षारोपण गरिएको छ । वालिङ बजारका केही भेग, विपीचोक, कटौंजे, सानो कटौंजेका स्थानीयले खानेपानीकोरुपमा प्रयोग गर्दै आएको धाराको चौरमा रहेको मुलको संरक्षण गर्नकालागि वृक्षारोपण गरिएको हो । स्थानीय ऋषिराम सुबेदी र कृष्णप्रसाद सुबेदी लगायतको सक्रियता र पहलमा डुम्री र पीपलका विरुवा रोपण गरिएको हो । 
 
मुलमा पानीको स्रोत बढाउनकालागि वृक्षारोपण गरिएको स्थानीय समाजसेवी भीमलाल सुबेदीले बताउनुभयो ।  समाजसेवी सुवेदीका अनुसार धाराको चौरमा गण्डकी प्रदेशको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा ढुंगेधाराको मोडलमा धारा निर्माण भै रहेको छ । पानीको मुल संरक्षण गर्दै धारालाई थप ब्यवस्थित गर्नकालागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...