अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

news

 

  असार ३१, काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार कोशी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा दिउँसो तथा राति बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

आज खासै धेरै पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो पछि भने पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुने अनुमान छ । भोलि र पर्सि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

आज भन्दा भोलि र पर्सि धेरै पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...