अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ वालिङको प्रथम साधारण सम्पन्न, परियारको अध्यक्षतामा नयाँ समिति गठन

 
रेडियो आँधीखोला 
वालिङ, १ साउन ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ वालिङको प्रथम साधारण सम्पन्न भएको छ । साधारण सभाले छविलाल परियारको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा जनक परियार, सचिवमा सिमा दर्जी, सहसचिवमा गबी राना, कोषाध्यक्षमा सर्मिला परियार, सहकोषाध्यक्षमा सविता नौबाग रहनुभएको छ भने सदस्यहरुमा विन्दु परियार, प्रकाश परियार, रमेश परियार, सर्जु थापा, कमल परियार, नितन दर्जी रनपाल, रोशन दर्जी, केशबहादुर सिवाकोटी र गिता भण्डारी रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा प्रकाश अर्याल, लिलबहादुर रनपाल, मोहमद अनसारी, गिता भण्डारी, कमल भित्रकोटी, अकबर अलि  रहनुभएको छ । 
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ स्याङ्जा जिल्ला कार्यसमिति अध्यक्ष रामचन्द्र परियारले सिलाई कटाई व्यवसायीहरुको हकहितका लागी नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रतिवद्ध रहेको बताउनुभयो । साथै विभिन्न स्थानीय तहहरुको समन्वय तथा सहगोगमा कपडा तथा सिलाई व्यवसायीहरुको सिपमा दक्षता अभिवृद्धि गर्नका लागी समय सापेक्ष तालिमहरुको आयोजना गर्ने समेत अध्यक्ष परियारले बताउनुभयो । कार्यक्रम छवि परियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन कमल भित्रकोटीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...