अहिले तरंगमा

केहि छिनमा

समाचार

आज साउने सङ्क्रान्ति, बेलुका लुतो फालिने

news

 

  साउन १, काठमाण्डाै - आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने सङ्क्रान्तिको दिन बेलुका लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...