अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

कालिगण्डकी गाउँपालिकाद्धारा विपन्न नागरिहरूलाई आवास सुविधा प्रदान

news

 
रेडियो आँधीखोला
वालिङ, १५ साउन ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू हस्तान्तरण गरेको छ। पालिकाको वडा  ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरि आवास सुविधा प्रदान गरिएको हो।  कालीगण्डकी गाउँपालिकाका  अध्यक्ष खिम बहादुर थापा र उपाध्यक्ष सावित्री कोइरालाले संयुक्त रूपमा घरको चापी लक्षित परिवारका घरमुलीलाई प्रदान गरि घरहरू हस्तान्तरण गर्नुभएको हो । 
गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आव २०७९÷८० को बजेटमा कार्यक्रम अन्तर्गत ३ वटा घर निर्माण गरी असाहय, बेसाहारा र घरबार बिहिन परिवारलाई प्रदान गरिएको बताउनुभयो ।  पालिकामा खरको छानो विस्थापित र विपन्न नागरिक आवास सुविधा अन्तर्गत  ३ सय भन्दा बढी घर धुरी लाभान्वित हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।  नागरिकलाई खुशी र सुखी बनाउन अन्य विकासका पूर्वाधारसँगसँगै  शिक्षा , स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाई छ।
घर हस्तान्तरण कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष साबित्रा कोइरालाले नागरिको आवासको हक र   बाच्न पाउने अधिकारको सुविधा सुनिश्चित गर्न पालिकाले घर विपन्न र असाहय परिवारलाई घर निर्माण गरिदिएको बताउनुभयो । 
प्रमुख प्रशासकीय प्रमुख देबेन्द्र पाण्डेयले विपन्न नागरिकको आवास सुविधा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी (२०७९) बमोजिम  विपन्न परिवारको निम्ति घरहरू निर्माण गरिएको बताउनुभयो । विपन्न र बेसहारा नागरिकलाई सुरक्षित र व्यवस्थित आवास सुविधा प्रदान गर्न  पालिकाले हालसम्म ५ वटा त्यस्ता घरहरू लक्षित परिवारलाई हस्तान्तरण गरिसकेको छ।प्रती घर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ।
घर प्राप्त गरेकी लाभग्राही पार्वती पाण्डेले  खुशीका आँसु झार्दै गरिब र असाहयको साहरा बनेकोमा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...