अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा अहिलेसम्म ८५ प्रतिशत रोपाईं सकियो

news

 
रेडियो आँधीखोला
वालिङ, १६ साउन ।
स्याङ्जाको धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । साउन १५ आईपुग्दा जिल्लाको १८ हजार हेक्टर क्षेत्रफल मध्ये ८५ प्रतिशत रोपाईँ सम्पन्न भएको हो । यो वर्ष समयमै प्रर्याप्त मात्रामा वर्षा नहुँदा धान रोपाइँ हुने जमिन मध्ये कम जमिनमा रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय जनशक्ति नहुँनु, बसाईसराई, प्रर्याप्त वर्ष नहुँनुका कारण जिल्लामा गतवर्ष भन्दा यसवर्ष कम क्षेत्रफलमा रोपाइँ हुने केन्द्रका प्रमुख विनोद हमालले बताउनभुयो । 
उहाँले भन्नुभयो, “गत वर्ष ९८ प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष भने धान खेति हुने भुभाग मध्ये ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेका छौँ ।” माथिल्लो भागहरुमा छिटै रोपाइँ गर्नुपर्ने भएकाले यसवर्ष समयमै अर्थात धान रोपाइँ शुरु हुने समयमा वर्षा हुन नहुँदा केहि जमिन बाँझै रहेका छन् । वर्षेनि रोपाइँको क्षेत्रफल घट्दै गएको छ । बढ्दो शहरीकरण, युवाहरु वैदेशिक रोजगारीमा जानु, मौसम प्रतिकुलतलगायतका विविध कारणले खाद्यात्त उत्पादन अनुपान घद्टो क्रममा रहेको देखिन्छ । 
११ पालिका रहेको जिल्लामा हरिनासमा रोपाइँ सकिएको छ । हरिनासमा यसवर्ष ९५ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम कालीगण्डकीमा ६५ प्रतिशत रोपाइँ भएको छ । अवको सातामा सबै स्थानमा रोपाँईका लागी तयारी अवस्थामा रहेका खेत तथा व्याडहरु रोपेर सकिने अनुमान ज्ञान केन्द्रको छ  । जिल्लामा १६ हजार वर्षे धान र २ हजार चैते धान खेति हुने भुभाग गरी १८ हजार धानखेति हुने क्षेत्रफल रहेको छ । 
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो । 
उन्नत जातको धानका लागी जिल्लामा १५ वटा बिउ उत्पादन गर्ने समुह छन् । ति समुहले उत्पादन गरेका उन्नत जातका धान जिल्लामा पुगेर पनि अन्य जिल्लामा निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अझै पनि १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायतका धान रोप्ने गरेका छन भने १५ प्रतिशत हाईब्रिट लगाउने गरेका छन् । 
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन्। यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ पनि धान प्रमुख उत्पादक क्षेत्र हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...