समाचार
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २२ विद्यालयलाई शैक्षिक सामग्री
रेडियो आँधीखोला
वालिङ, २३ साउन ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २२ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा सञ्चालन भएका पुस्तकालयका लागि शैक्षिक सामग्री वितरण गरिएको हो। एक विद्यालयबराबर करिब ५०० थान पुस्तक वितरण गरेको शिक्षा शाखा प्रमुख भीम श्रेष्ठले बताउनुभयो ‘रुम टु रिड’ले यी पुस्तक सहयोग गरेको हो।
यस्तै गाउँपालिकाले कार्पेट, चकटी, पुस्तक ¥याक, लो टेबुललगायत भौतिक सामग्री पनि विद्यालयलाई प्रदान गरेको छ। प्रत्येक विद्यार्थीलाई कार्यपुस्तिका दिइएको छ। बालबालिकाको लेखन र पठनशैलीमा विकास गर्न कार्यपुस्तिकाले सहयोग पुग्ने उहांले बताउनुभयो ।
पुस्तकालयले बालबालिकाको पठन क्षमता विकास गर्ने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । बालमैत्री पुस्तकालय, कालीगण्डकी गाउँपालिकाका सामुदायिक विद्यालय’ नारालाई सार्थक तुल्याउने गरी कार्यक्रम अगाडि बढिरहेको उहांले बताउनुभयो ।
रुम टु रिड नेपालका टेक ढेँगाले कालीगण्डकी गाउँपालिकामा व्यवस्थित रुपमा पुस्तकालय कार्यक्रम सञ्चालन भएको बताए। उनका अनुसार रुम टु रिडले यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। कालीगण्डकी गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन्। ३३ वटा विद्यालयमा रुम टु रिड अर्थात् पढ्नका लागि कोठा कार्यक्रम कार्यान्वयन भएका छन्। यो कार्यक्रम कक्षा १ भएका विद्यालयमा लागू भएको छ।
यहाँका १२ वटा सामुदायिक विद्यालयमा गाउँपालिकाले पुस्तकालय सञ्चालनका लागि सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ्। उहालेरुम टु रिड र गाउँपालिका साझेदारीमा १० वटा विद्यालय र ११ वटा विद्यालयमा रुम टु रिडले मात्रै सहयोग गरेर पुस्तकालय सञ्चालन भएको जानकारी दिनुभयो ।