समाचार
स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ कार्यालयद्धारा चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक
रेडियो आँधीखोला
वालिङ, २४ साउन ।
स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ वटा कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रम सार्वजनिकरण गरेको छ । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले किसानलाई उत्पादनका आधारमा अनुदान दिने ब्यवस्था गरिने बताउनुभयो । मन्त्री जिसीले स्याङ्जा कृषि र पशुका लागि अत्यन्त उर्वर क्षेत्र रहेकाले यहाँका किसानलाई थप प्रोत्साहितगरी ब्यवसायिकरणमा जोड दिनेगरी बिबिध योजनाहरु संचालन गरिने बताउनुभयो ।
स्वाईन फ्लुबाट मरेका बंगुर र भण्डारण केन्द्रमा राखिएका सुन्तला कुहिएपछि किसानलाई परेको मर्कालाई ध्यान दिदै राहत उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु भोजराज अर्याल, महेश भट्टराई, सुधिरकुमार पौडेल र कल्पना तिवारी, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, आधीखोला गाउपालिका अध्यक्ष विश्वनाथ पौडेल, विरुवा गाउपालिका अध्यक्ष सूर्यबहादुर कुवर, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मी लगायतले किसान र कृषिका बारेमा आ आफना धारणा सहितका सुझाव दिनुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पशु प्राबिधिक अधिकृत पुरुषोत्तम कोइरालाले गर्नुभएको थिायो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्द्र, कृषि विकास स्रोत केन्द्र, मत्स्य विकास केन्द्र र कृषि सामाग्री लिमिटेड स्याङ्जा शाखाले आ आफना बार्षिक योजनाका बारेमा जानकारी गराएका कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । सोही कार्यक्रममा किसानहरु मुक्तिप्रसाद अधिकारी, भिमप्रसाद लुइटेल, रुमलाल कडेल, युवराज केसी लगायतले किसानले भोग्नु परेको गुनासा सुनाउनु भएको थियो ।