अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

महिला तथा बालबालिका र पिछडिएका वर्गको उत्थानका लागी नवयुग भीरकोट संस्थाको स्थापना

news

 
रेडियो आँधीखोला 
वालिङ, २८ साउन ।
भीरकोटको बयरघारीमा महिला तथा बालबालिका र पिछडिएका वर्गको उत्थानका लागी नवयुग भीरकोट संस्थाको स्थापना गरिएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने, बालमैत्रि भीरकोटको कार्यान्वयनका लागी बालसहभागितामा जोड दिने, पछडिएका वर्गलाई मुल प्रवाहमा ल्याउने, बृद्धबृद्धा र आपंगाता भएकाहरुको जिवनलाई सरल र सहज बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको संस्थाकी अध्यक्ष सुनिता उच्चै ठकुरीले जानकारी दिनुभयो । 
महिलाहरुलाई आर्थिक उपार्जनसंग जोड्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागी यो संस्थाले वडा, स्थानीय तह तथा सरोकारवालासंग समन्वय गरी सिपमुलक तालिम संचालन गर्ने, महिलाहरुलाई व्यवसायिक बनाउनेलगायतका कार्य गर्ने योजना रहेको अध्यक्ष ठकुरीले बताउनुभयो ।  
संस्थाको शनिबार भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले उद्दघाटन गर्नुभयो । संस्थाको उद्दघाटन गर्दै नगरप्रमुख कर्माचार्यले संस्थाको उद्देश्य र लक्ष्य पुरा गर्नका लागी नगरले पनि समन्वय गर्ने भन्दै भीरकोटको विकासका लागी यस्तै सामाजिक संघसंस्था र नगरबासीको साथ आवश्यक रहने बताउनुभयो । सामाजिक र रचनात्मक काम गर्ने उद्देश्यका साथ संघसंस्था तथा क्लब आमा समुह र समग्र नगरबासीको साथले मात्रै भीरकोटलाई विकासको गतिमा बढाउन सकिने भएकाले राम्रा र स्वच्छ उद्देश्य राखेर स्थापना गरिएका संस्थासंग नगरले सँधै सहकार्य गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो । 
कार्यक्रममा उपप्रमुख भगवती अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारी, उद्योग वाणिज्य संघ भीरकोटका अध्यक्ष जगदिश कोइराला, वनं. ५ का निर्वतमान वडा अध्यक्ष यामप्रसाद अधिकारी, समाजसेवी रमेश पौडेललगायतले बोल्नुभएको थियो । प्रिति थापाको स्वागतसंगै शुरु भएको कार्यक्रमको संचालन कान्ती खनालले गर्नुभएको थियो भने धन्यवाद ओमकुमारी कोईरालाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...