समाचार
होटल संघ वालिङको दोस्रो साधारण सभाले अध्यक्षमा श्रेष्ठलाई चयन
रेडियो आँधीखोला
वालिङ, २९ साउन ।
होटल संघ वालिङको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यहाँको व्यापारी तथा व्यवसायीहरुको हकहितका लागी उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको बताउनुभयो । साथै संघका अध्यक्ष श्रेष्ठले होटल व्यवसायलाई व्यवस्थित बनाउँदै आफ्नो व्यवसाय गर्न आग्रह गर्दै होटल व्यवसायी एकतावद्ध हुन आग्रह गर्नुभयो । निति नियमको दायरामा रहेर आफ्नो व्यापार व्यवसायलाई समयअनुसार परिर्वतन र विस्तार गर्दै लैजान सकेमा सफलता प्राप्त गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अधिवेसनले सुरेश श्रेष्ठको अध्यक्षताम
ा नयाँ कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा ओमप्रसाद रेग्मी, सचिवमा उत्तम खनाल र कोषाध्यक्षमा सुविन गुरुङ रहनुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना, महासचिव रमेश अर्याललगायतले बोल्नुभएका थियो । कार्यक्रम निर्वतमान अध्यक्ष शिव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।