अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्धारा बृक्षारोपण

 
वालिङ, ६ भाद्र ।
राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण गरेको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत स्याङ्जाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको हो । एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा भन्ने अभिप्रायका साथ मंगलबार सिद्धार्थ बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको हो । बृक्षारोपणको उद्दघाटन नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा प्रदेश सांसद सुधिर कुमार पौडेलले गर्नुभएको हो । 
कार्यक्रममा सांसद पौडेलले युवा संघले राम्रो कार्यको शुरुवात गरेको भन्दै विद्यार्थीलाई व्यवहारिक ज्ञानमा समेत अग्रसर बनाउनुपर्ने बताउनुभयो । विद्यार्थीलाई व्यवसायिक रुपमा समेत फलफुल खेतिमा अगाडि बढाउन मद्दत गर्ने भन्दै युवा संघले युवाहरुको विकासको लागी यस्तै रचनात्मक कार्य गर्नुपर्नेमा सांसद पौडेलको जोड छ । 
कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष पिताम्बर खनाल शुसिलले जिल्लाका हरेक सामुदायिक क्याम्पस तथा विद्यालयहरुमा यो अभियान सञ्चालन गरिने बताउनुभयो । आँप, लिचि, रुख कटहर, नास्पती, अम्बा, अमला, एभोकाडोलगायतका विरुवा रोपण गरिएको युवा संघका सचिव राधाकृष्ण शर्माले जानकारी दिनुभयो  । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...