अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

‘अपाङ्गता समावेशी विकास’ कार्यक्रम अन्र्तगत विहिबार वालिङका उद्योगी, व्यापारीसंग अन्र्तक्रिया

news

 
रेडियो आँधीखोला 
वालिङ, ८ भाद्र ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास सम्बन्धी सरोकारवाला पक्षसँगको समन्वय बैठक तथा अन्तरक्रिया छलफल कार्यक्रम विहिबार वालिङमा गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग सञ्जालको आयोजना, उद्योग वाणिज्य संघ वालिङको समन्वय र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा वालिङ नगरपालिकाभित्रका उद्योगी, व्यापारीसंग अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
 
अन्तरक्रिया कार्यक्रममा अपाङ्ग महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष एवं नगरस्तरीय पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले कार्यक्रममाथि प्रकाश पार्नुकासाथै सहभागीबाट उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग तथा व्यवसायमा पनि अपांगता भएकाहरुलाई सहभागि बनाउनुपर्ने, अपंगताको प्रकृति हेरेर रोजगारी तथा उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्नुपर्ने विषयमा छलफल भएको हो । 
 
कार्यक्रममा अपांगता पैरवी समुहका अध्यक्ष राम शर्मा पोख्रेलले समेत सहजीकरण गर्नुभएको । अपंगता भएका व्यक्तिहरुलाई राज्यले विभिन्न समुहमा विभाजन गरेकोे भन्दै उनीहरुको बौद्धिकता र शारिरिक अवस्था  अनुसार पेशा व्यवसायमा समेत संलग्न बनाई आर्थिक रुपमा सशक्त बनाउन सकिने विषयमा समेत अन्र्तक्रियामा छलफल भएको थियो । कार्यक्रम वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । 
 
यसैबीच वालिङ उद्योग वाणिज्य संघले गुणस्तर तथा नापतौल कार्यालय पोखरा डोरको टोलीलाई विदाई तथा सम्मान गरेको छ । कार्यालय तथा डोरको टोलीले भदौ ३ देखि ६ गतेसम्म यहाँका उद्योगी व्यापारीहरुको नापतौलका उपकरणहरुको जाँच एवं प्रमाणीकरण गरेको थियो । उक्त टोलीलाई विहिबार सम्मान सहित विदाई गरिएको हो । कार्यालयका सहायक निरिक्षक नन्दकिशोर चौधरी, दिलिपकुमार यादव, सविता अर्याल, सुर्यकुमार श्रेष्ठ र गणेश पाण्डेको टोलीलाई मायाको चिनो सहित सम्मान गर्दै विदाई गरिएको हो । कार्यक्रममा संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल, महासचिव रमेश अर्याल, महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलगायत संघका टिम तथा महिला उद्यमीको टिमको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...