अहिले तरंगमा

केहि छिनमा

समाचार

लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

news

 

  भदौ ८, काठमाण्डाै - लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।

ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान ९ बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।

 

ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।

 

कमला नदी, रानीबास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । जलसहत बढ्दो क्रममा छ । उदययुर, सिन्धुली, धनुषा र सिरहाको तटीयक्षेत्र लगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

 

त्यस्तै, काठमाण्डौ उपत्यकासहित दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, इलाम र आसपास क्षेत्रमा पनि पानी परिरहेको छ । कतै ठूलो वर्षा भइरहेको छ ।

स–साना नदीमा जलसतह बढ्न सक्ने, केही ठाउँमा आकस्मिक बाढीको जोखिमका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले दिउँसोसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरू तथा कोशी प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मुग्लिन नारायणगढ सडकमा दुईतर्फी नै गाडी चलिरहेका छन् । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...