अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ब्राह्मण समाज नेपाल, भीरकोटको अध्यक्षमा लिलाप्रसाद रेग्मी चयन

news

 
वालिङ, १० भाद्र ।
ब्राह्मण समाज नेपाल, भीरकोटको अध्यक्षमा लिलाप्रसाद रेग्मी चयन हुनुभएको छ । शनिबार भीरकोट नगरपालिकाको वडा नं ५ भएको भीरकोटका ब्राह्मणहरूको प्रथम भेलाले रेग्मीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायण प्रसाद अर्याल, सचिवमा विष्णुमाया काफ्ले, कोषाध्यक्षमा डोलराज ढुंगाना, सहसचिवमा इन्द्र प्रसाद अर्याल रहनुभएको छ । यसैगरी नवगठित ब्राह्मण समाज नेपालको संरक्षकमा छायाराम खनाल र सल्लाहकार समितिमा तोयनाथ अर्याल, नन्दलाल खनाल, दामोदर तिवारी, अमृत अर्याल, जगन्नाथ अर्याल रहनुभएको छ । भीरकोटका ९ वटै वडाका ब्राह्मणहरूको प्रतिनिधित्व रहने गरी कार्यसमिति गठन गरिएको अध्यक्ष लिला रेग्मीले जानकारी दिनुभयो ।
ब्राह्मणहरूको माननीय, बन्दनीय र गौरवमय धर्म, संस्कार र परम्परालाई पुनःस्थापना गर्न ब्राह्मण समाजको गठन गरिएको ब्राह्मण समाज नेपालका केन्द्रिय अध्यक्ष नारायणप्रसाद अधिकारीले बताउनुभयो । ज्ञान, तपस्या र कर्मले मानिस ब्राह्मण हुन सक्ने बताउँदै उहांले ज्ञान र साधनाको कमीले ब्राह्मणहरू कमजोर भएको प्रष्ट पारे। ब्राह्मणको शक्ति र संस्कार जोगाउन गायत्री, गंगा र गीतालाई महत्त्वपूर्ण स्थान दिन आवश्यक रहेको उहांको भनाइ छ । आचार, विचार, खानपिन र रहनसहन भान्सा भोजन, भेष, भाषा, भजन, भेसज हाम्रा संस्कृति र परम्पराका अभिन्न अंग भएको प्रष्ट पार्दै सबै ब्राह्मणहरू मिलेर वैदिक सनातन धर्मको संरक्षण गर्नुपर्ने अधिकारीको धारणा छ 
ब्राह्मण समाजका अभियान्ता एवं स्थानीय समाजसेवी तोयानाथ अर्यालको स्वागतसँगै सुरू भएको कार्यक्रममा विश्वहिन्दु महासंघ भीरकोटका उपाध्यक्ष विष्णुमाया काफ्ले, भीरकोट प्रज्ञाप्रतिष्ठानका कुलपति हरिप्रसाद खनाल, ब्राह्मण समाज नेपाल फेदिखोलाका अध्यक्ष उमाकान्त सुबेदी, ब्राह्मण समाज नेपाल, पुतलीबजारका अध्यक्ष टेकनारायण शर्मा, वैदिक धर्म संरक्षण समिति, फेदिखोलाका अध्यक्ष दुर्गादत्त पौडेल, ब्राह्मण समाज नेपालका जिल्ला उपाध्यक्ष सिताराम अधिकारी, विश्वनाथ अर्याल, नन्दलाल खनाल, यामप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाको सहजीकरण एवं कार्यक्रमको संचालन पब्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्यालले गर्नुभएको थियो । ब्राह्मण समाज नेपाल, स्याङ्जाका अध्यक्ष पण्डित पुण्य प्रसाद तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...