अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

गौहत्या दण्डनिय अपराध भएको संयुक्त गोवंश संरक्षण समितिद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 
वालिङ, १३ भाद्र ।
गौ हत्या गरी सामाजिक संजालमा पोष्ट गरेर धार्मिक सहिष्णुतामाथि खलबल्याउने कार्य भएको भन्दै संयुक्त गोवंश संरक्षण समिति स्याङ्जाले ध्यानार्कषण गरेको छ । संरक्षण समितिका संयोजक तथा पण्डित पुण्य प्रसाद उपाध्याय तिमिल्सीनाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा बहुसंख्यक हिन्दु धर्मालम्बीको आस्था र विश्वास माथि आघात पुग्ने गरी धरानमा सार्वजानकि रुपमा गोरु काट्नु गौ हत्या गर्नु सामाजिक संजालमा पोष्ट गरेर धार्मिक सहष्णिुता खलबल्याउने प्रकृतिको कार्य गर्नु र गराउनु दुवै दण्डनिय अपराध भएको उल्लेख गरेको छ । 
संयुक्त गोवंश संरक्षण समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत नेपाल सरकारका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको हो । नेपालको संविधानमा पचिच्छेद २७ को पशुपंक्षी सम्बन्धी कसुर अन्र्तगत ८९ नम्बरको नियममा गौ हत्या गर्नु गराउनु दण्डनिय अपराध भनेर उल्लेख गर्दा गर्दै पनि संविधानको ठाडो उंल्लघन गरी हिन्दु धर्म माथि सोझो हस्तक्षेत्रप भएको तथ्य प्रति संयुक्त गोवंश संरक्षण समिति स्याङ्जाले गम्भीर ध्यानार्कषण भएको उल्लेख गरेको छ । 
नेपाल राष्ट्र एक वैदिक कालदेखि नै ऋषिमुनि, महर्षी योगी तथा सज्जन र असल मार्गदर्शकको रुपमा विश्वभर आफ्नो अस्तित्व कायम गरी गौरवमय ईतिहास रचेको पवित्र भुमि रहेको भन्दै बहुसंख्यक ओमकार परिवार बैद्धिक सनातनीहरु हिन्दु धर्मालम्बीहरु साथै अन्य बहु धर्मका बीचमा पनि धार्मिक एकता सदभाव र समानजस्यता कायम गरी एक आपसमा मिलेर बसेको उदाहरणीय देश नेपाल भएको ज्ञापन पत्रमा उल्लेख गरिएको  छ । आपसी एकता धार्मिक सहिष्णुता नेपालको पहिचान भएको भन्दै सदियौँदेखि कायम भएको नेपालको सामाजिक धार्मिक सदभाव र एकतामा आँच आउने खालका कार्य निषेध गरी नेपाल सरकारले संविधानको रक्षार्थ कदम अगाडि बढाउन समेत संरक्षण समितिले आग्रह गरेको छ । 
यसैबीच राप्रपा स्याङ्जाले समेत गौ हत्याको विषयमा जिल्ला प्रशासन कार्यालयलाई ध्यानार्कषण गराउँदै प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको छ । केहि दिन अगाडि धरानमा गै बध गरी मासु खाएको दृष्य सामाजिक संजालमा सार्वजानिक नर्गे र त्यसो गर्न पाउन पर्छ भनी खुलेआम चुनौती दिने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशरभरी विरोधको ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाईएको राप्रपाले जनाएको छ । 
राप्रपाका कार्यबहाक अध्यक्ष मिनप्रसाद गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा धरानको यो घटनाप्रति पार्टीको ध्यानर्कषण भएको भन्दै यो घटनाले समग्र हिन्दु धर्मालम्बीप्रति गहिरो चोट पुगेको उल्लेख छ । संविधानमै गौवध गर्नु दण्डनिय कार्य भनिएपनि संविधान र प्रचलित कानुनको बर्खिलाप काम गर्नेहरु विरुद्ध कडा कानुनी कारबाही गरी सनातन संस्कृति मान्दै आएका ओमकार परिवाहरुको आस्था सम्मान गर्न र समाजमा मेलमिलाप र शान्तीको वातावरण कायम  गर्न प्रधानमन्त्रीलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...