अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङमा विद्यार्थीको रुचि सर्वेक्षण

news

 
वालिङ, १३ भाद्र ।
स्याङ्जाको वालिङमा विद्यार्थीहरुको रुचि सर्वेक्षण कार्यक्रम २०८० को सुरु गरिएको छ । वालिङ नगरपालिका शिक्षा शाखाबाट विद्यार्थीहरुको रुचि सर्वेक्षण गर्ने जिम्मा पाएको सांस्कृतिक शोध गुठी, पिरामिड कुटी वालिङले मङ्गलबार वालिङ १० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
 
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत गीता पाठकले यस्तो कार्यक्रमले विद्यार्थीहरुको रुचि पत्ता लगाउन सहयोगी भूमिका निभाउने बताउनुभयो । शिक्षा शाखा अधिकृत पाठकले बालबालिकाहरुको बिभिन्न रुचि हुन सक्छन्, पढाइसँगै उनीहरुको चाहना अनुसारका क्षेत्रमा पनि प्रोत्साहन दिदै जानुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा विद्यार्थीहरुको आन्तरिक तथा बाह्य रुचि सर्वेक्षण गरिएको छ । साहित्य, सङ्गीत, कला र भाषिक विधामा सुनाइ, बोलाइ, पढाइ तथा लेखाइ सम्बन्धी विषयमा बालबालिकाहरुलाई समूहगत प्रस्तुतिसहित सहभागी गराइएको थियो । कक्षा ४ र ५ का गरी ४६ जना बालबालिकाहरुमध्य सबैभन्दा बढिले नृत्यमा सहभागिता जनाएका थिए । जसमा नृत्यमा १३, गायनमा ८ र कविता तथा कथा वाचनमा ५ जनाले आ—आफ्ना प्रस्तुति राखेका थिए । रुचि अनुसारका प्रस्तुति दिन पाउँदा बालबालिकाहरु उत्साहकासाथ सहभागिता जनाएका थिए ।
पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका आधारभूत तहका विद्यार्थीहरुको रुचि सर्वेक्षेण गरिने कुटीका संयोजक डा.अच्युतशरण अर्यालले जानकारी गराउनुभयो । कार्यक्रमका अवसरमा डा. अर्यालले करिव २ सय थान पुस्तक विद्यालयलाई प्रदान गर्नुभयो । बाल साहित्य र किशोर साहित्यसँग सम्बन्धित पुस्तकहरु डा. अर्यालले प्रदान गर्नुभएको हो ।
 
विद्यालयका प्रधानाध्यापक विष्णु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका अनिता कँडेल र सञ्चालन तुलसीराम काफ्लेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...