अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अमेरिकामा समुद्री आँधी ‘इडालिया’ का कारण तीन जनाको ज्यान गयो, हवाई उडान समेत प्रभावित

news

 

 भदौ १४,  अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ ।

तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् । आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ । आजदेखि इडालिया आँधीको गति केही मत्थर हुँदै जाने मौसमविद्को अनुमान छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...