अहिले तरंगमा

केहि छिनमा

समाचार

पुस्तकालय दिवसमा वक्तृत्वकला कालीगण्डकीमा प्रतियोगिता, स्याङजाका पुस्तकालयकर्मी पाण्डे काठमाण्डौँमा सम्मानित

news

 
रेडियो आँधीखोला
वालिङ, १६ भाद्र ।
सोह«ौं पुस्तकालय दिवसको अवसरमा स्याङ्जाको कालीगण्डकीमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा राधा पाण्डे प्रथम हुनुभएको हो । ‘पुस्तौं पुस्ताकालागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताउनुभयो ।
 
प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय हुनुभएको थियो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नं. ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवहाक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताउनुभयो ।
 
सोह«ौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जाको विर्घाका जोगप्रसाद पाण्डे सम्मानित हुनुभएको छ । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित हुनुभएको हो । पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लाग्नुभएका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गर्नुभएको हो ।
विसं २०१५ साल श्रावण २६ गते स्याङ्गजाको बिर्घा अर्चलेबारीमा जन्मनुभएका बाल ब्रह्मचारी जोगप्रसाद पाण्डेले विद्यालय तहसम्मको शिक्षा गाउकै जनता माविबाट पूरा गर्नभएको थियो । सानैदेखि आध्यात्मिक स्वाभावका पाण्डे केही समय भारत समेत बस्नुभयो । २०४३ सालतिर भारतबाट फर्किएसंगै उहाँ गाउकै विभिन्न धार्मिक तथा सामाजिक संघसस्थासंग आवद्ध भएर सामाजिक कार्यमा लाग्नु भएका पाण्डेले जीवनभर बिहे नगर्ने निर्णय गरी बस्नुभएका ब्रह्मचारी खालीखुट्टा हिडे्ने पाण्डेले २०४८ सालदेखि प्याज, लसुन, नुनसमेत छाडी एक छाक चोखो प्रसाद ग्रहण गर्दैआउनभुएको छ। 
२०४७ सालतिर गाउँकै गोपाल पाण्डेको अगुवाइमा पुस्तकालय खोल्ने अभियानमा सक्रिय रुपमा लाग्नुभएका जोगप्रसाद पाण्डेले एउटा सानो कोठाबाट शुरु भएको पुस्तकालयले अमेरिकी नागरिक स्व.एन्टोनिया न्यूवारको सहयोगमा मातृभूमि सामुदायिक पुस्तकालयलाई मुर्त रुप दिनुभएको हो ।
स्थापनाकालदेखि हालसम्म पुस्तकालयको गरिमा जोगाई राख्न जोगप्रसाद पाण्डेको महत्वपूर्ण भूमिका रहेको हुँदा नै मातृभूमिबाट हजारौं पाठक लाभान्वित छन् । पुस्तकालयमा पुस्तक पढ्न मात्र होइन जोगप्रसाद पाण्डेसंग ज्ञान, ध्यान र त्यागको कुरा सिक्न पनि प्रायः जसो बच्चादेखि बूढापाका आउने गर्छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...