अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भूम्रेमा शुक्रबार गाइजात्रा निकालियो, दर्शकहरुको उत्साहजनक उपस्थिति

news

 
रेडियो आँधीखोला
वालिङ, १६ भाद्र ।
यो वर्ष तीथिका हिसावले जनै पूर्णिमा र गाइजात्रा देखाउने १४ गते बिहिबार एकैदिन परेपनि वालिङको भूम्रेमा भने भोलिपल्ट अर्थात शुक्रबार देखाइएको छ । विगतका वर्षमा झैं पूर्णिमाको भोलिपल्ट देखाइने जात्रा शुक्रबार निकालिएको हो ।
 
विगतका वर्षमा झैं भोलिपल्ट देखाइएको भूम्रे नेवाः समाजका संस्थापक अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो । यहाँ निकालिने बिभिन्न लाखेनाच तथा जात्रा हेर्न वर्षेनी दर्शकहरुको उत्साहजनक उपस्थिति हुनेगरेको समाजका संस्थापक अध्यक्ष श्रेष्ठको भनाई छ । यसपटक पनि जात्रा हेर्नका लागि विगतका वर्षमा झैं दर्शकहरुको निकै भीड लागेको हो ।
 
अब क्रमशः १६ गते शनिबार रोपाईं ( हिले ) जात्रा र १७ गते आइतबार बाधजात्रा देखाइने पनि समाजका संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नेपालका बिभिन्न जातजातिमा विद्यमान संस्कृति नेपाली समाजको मौलिक परम्परा हो । यस्तै नेवार समुदायको मौलिक परम्पराको अर्को महत्वपूर्ण हिस्सामा लाखे नाच पर्दछ ।
 
जिल्लाकै मध्येभागमा रहेको वालिङ क्षेत्रमा परम्परागतरुपमा लाखे नाच नचाइदै आइएको इतिहास छ । यसकासाथै वर्षे समयको उत्तरार्धमा नचाइने र मनोरञ्जनको आकर्षक संस्कृतिमा पर्ने विधा पनि हो । कतिपय स्थानमा यस्ता संस्कृति हराउँदै गएपनि भूम्रे नेवाः समाजले निरन्तरता दिइरहेको छ । परम्परागत संस्कृतिको निरन्तरतासँगै वालिङ आसपासका नागरिकहरुले विशेष अभिरुचिकासाथ हेर्दै आएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...